अमरेशले बढाए मतान्तर, गगन ११३३ मतले पछि

काठमाण्डु टुडे २०८२ फागुन २२ गते १६:४४ मा प्रकाशित

काठमाण्डू, २२ फागुन– सर्लाही–४ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारले आफ्नो मतान्तर बढाउँदै लगेका छन् । पछिल्लो अपडेट अनुसार, रास्वपा उम्मेदवार अमरेश कुमार सिंहले २८४७ मत प्राप्त गरेका छन् ।

त्यस्तै, नेपाली कांग्रेसका उम्मेदवार गगन कुमार थापाले १ हजार ७१४ मत प्राप्त गरेका छन । उनीहरूबीच १ हजार १३३ को मतान्तर छ ।

तेस्रोमा नेकपा एमालेका उम्मेदवार अमनिश यादव छन् । उनले ४१० मत प्राप्त गरेका छन् भने चौथोमा रहेका नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवारले १२८ मत प्रप्त गरेका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us