काठमाण्डू, २२ फागुन– इलाम क्षेत्र नम्बर २ को प्रारम्भिक मतगणना अनुसार नेकपा एमाले र श्रम संस्कृति पार्टीका उम्मेदवारबीच कडा प्रतिस्पर्धा देखिएको छ ।
जारी मतगणनामा एमाले उम्मेदवार सुहाङ नेम्वाङले अग्रता लिएका छन् । सुहाङले ४ सय ९१ मत पाउँदा श्रम संस्कृति पार्टीका उम्मेदवार सुदिप राईले ४ सय ४३ मत प्रप्त गरेका छन ।
नेपाली कांग्रेसका उम्मेदवार भेषराज आचार्यले २ सय १० र रास्वपा उम्मेदवार गोकुल राईले १ सय ७१ मत पाएका छन् । नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार ओम गुरुङले ५१ मत प्रप्त गरेका छन ।