परिणाम पार्टीअनुकूल नआए पनि जनताको सेवामा क्रियाशील रहने छौंः मुख्यमन्त्री बानियाँ

काठमाण्डु टुडे २०८२ फागुन २२ गते १२:४७ मा प्रकाशित

काठमाण्डू, २२ फागुन– कांग्रेस बागतमी प्रदेशका सभापति एवं मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले निर्वाचन परिणाम पार्टीअनुकूल नआए पनि निरन्तर जनताको सेवामा क्रियाशील रहने बताएका छन ।

प्रतितिधिसभा निर्वाचनको जारी मतगणनामा कांग्रेस अनुकूल मत परिणाम नदेखिएपछि उनले मत परिणामलाई स्वीकार गर्दै निरन्तर जनताको सेवामा क्रियाशील रहन प्रदेश कार्यसमिति दृढ रहेको बताएका हुन ।

सभापति बानियाँले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘लोकतन्त्रको सुन्दर पक्ष निर्वाचनमार्फत् प्राप्त मत परिणामलाई स्वीकार गर्दै निरन्तर जनताको सेवामा क्रियाशील रहन कांग्रेस बागमती प्रदेश दृढ र प्रतिबद्धता व्यक्त गर्दछ ।’ देशमा भएका हरेक परिवर्तनको आन्दोलनमा जनचाहानाअनुरूप नेतृत्वदायी भूमिका निर्वाह गरेको कांग्रेस देश र लोकतन्त्रको पक्षमा तथा जनताको अवस्था परिवर्तनका लागि सदैव जनतासँगै रहने उनले उल्लेख गरेका छन् ।

बागमतीका मुख्यमन्त्री समेत रहेका बानियाँले निर्वाचनमा महत्त्वपूर्ण भूमिका खेलेको भन्दै नेपाल सरकार, प्रदेश सरकारहरू, स्थानीय सरकारहरू, निर्वाचन आयोग, राष्ट्रसेवक कर्मचारी, सुरक्षा निकाय, दल, सञ्चारकर्मी तथा पर्यवेक्षक र मतदाताप्रति आभार प्रकट गरेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us