उदयपुर–१ मा रास्वपाका गेलाल दोब्बर मतान्तरसहित अगाडि

काठमाण्डु टुडे २०८२ फागुन २२ गते १०:१३ मा प्रकाशित

काठमाण्डू, २२ फागुन– उदयपुर १ मा जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार पारशमणि गेलालले दोब्बर मतले अग्रता लिएका छन ।

उनले १२२६ मत ल्याउँदा नेकपा एमालेका दुर्गाकुमार थापाले ६०५ मत ल्याएका छन् । त्यस्तै नेकपाका उम्मेदवार बलदेव चौधरीले ४६४ मत प्रप्त गरेका छन ।

यस्तै श्रम संस्कृति पार्टीका राजेशकुमार राईले ४५२ मत ल्याउँदा कांग्रेसका बिदुर बस्नेतले ४१२ मत प्रप्त गरेका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us