जुम्लामा राप्रपाले लियो अग्रता

काठमाण्डु टुडे २०८२ फागुन २२ गते ९:५८ मा प्रकाशित

काठमाण्डू, २२ फागुन– ५० भन्दा बढी निर्वाचन क्षेत्रको मतगणता हुँदा निकै कमजोर देखिएको राष्ट्रिय प्रजातन्त्र पार्टीले मतगणनामा पहिलोपटक अग्रता लिन सफल भएको छ ।

राप्रपाले जुम्लाबाट अग्रताको खाता खोलेको हो । राप्रपालाई नेपाली कम्युनिष्ट पार्टीले पछ्याइरहेको छ । तीन सय मत गणना हुँदा जुम्लाका राप्रपा उम्मेदवार ज्ञानेन्द्र शाहीले १३५ मत ल्याएका छन् ।

नेपाली कम्युनिष्ट पार्टीले १०३ मत प्राप्त गरेको छ । कांग्रेसका उम्मेदवार दीपबहादुर शाहीले २५ मत ल्याउँदा एमालेका उम्मेदवार शान्तिलाल महतले २३ मत पाएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले २ मत मात्र पाएकी छन् । १० मत बदर भएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us