काठमाण्डू, २२ फागुन– दाङ–२ सर्वदलीय बैठक सम्पन्न भएसँगै मतगणना सुरु भएको छ । घोराहीस्थित दाङ जिल्ला अदालतमा मतगणना सुरु भएको हो ।
दाङ–२ मा एमाले महासचिव शंकर पोखरेल उम्मेदवार छन् । उनीसँगै रास्वपाका सहमहामन्त्री विपिनकुमार आचार्य, नेपाली कांग्रेसबाट किरणकिशोर घिमिरे र नेपाली कम्युनिस्ट पार्टीबाट निर्मल आचार्य प्रतिस्पर्धामा छन् ।