चितवन–२ मा अग्रता बढाउँदै रवि लामिछाने

काठमाण्डु टुडे २०८२ फागुन २२ गते ९:३८ मा प्रकाशित

काठमाण्डू, २२ फागुन– चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले फराकिलो मतान्तरले अग्रता कायमै राख्न सफल भएका छन ।

यहाँ लामिछानेले ३२६५ मत ल्याउँदा नेकपा एमालेका अस्मिन घिमिरे १५१९ मतका साथ दोस्रो स्थानमा रहेका छन । त्यस्तै नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रताप गुरुङ १२६० मतका साथ एमालेका उम्मेदवारलाई पछ्याइरहेका छन् ।

त्यस्तै नेपाली कांग्रेसकी मीना खरेल १०९४ को मतसहित चौथो स्थानमा रहेकी छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us