सवा ६ बजे पत्रकार सम्मेलन गरेर आयोगले चुनावी अपडेट दिने

काठमाण्डु टुडे २०८२ फागुन २१ गते १६:२७ मा प्रकाशित

काठमाण्डू, २१ फागुन– प्रतिनिधि सभा सदस्य निर्वाचनको मतदानसम्बन्धी अद्यावधिक विवरण साँझ ६ बजे दिने तयारी गरेको छ । निर्वाचन आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईले साँझ ६ बजे आयोगमा पत्रकार सम्मेलन गरी अद्यावधिक विवरण जानकारी बताए ।

‘मतदान सम्बन्धी अद्यावधिक जानकारी दिन आज बिहीबार साँझ ६ः१५ बजे पत्रकार सम्मेलन आयोजना गरिएको ब्यहोरा सम्बन्धित सबैको जानकारीको लागि अनुरोध छ’, प्रवक्ता भट्टराईले सूचना जारी गर्दै भनेका छन् ।

बिहान ७ बजेबाट सुरु भएको मतदान साँझ ५ बजेसम्म चल्नेछन् । ५ बजेसम्म लाइन बसेका मतादाताले भने त्यसपछि पनि मतदान गर्न पाउनेछन् । आयोगले दिउँसो पत्रकार सम्मेलन गरी उत्साहजनक रूपमा मतदाताहरू मतदानमा सहभागी भएका छन् । छिटपुट घटनाबाहेक देशभर शान्तिपूर्ण रूपमा मतदान जारी छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us