चितवनमा अहिलेसम्म ४५ प्रतिशत मतदान

काठमाण्डु टुडे २०८२ फागुन २१ गते १५:३६ मा प्रकाशित

काठमाण्डू, २१ फागुन– प्रतिनिधि सभा निर्वाचन अन्तर्गत ३ वटा निर्वाचन क्षेत्र रहेको चितवनमा हालसम्म ४५ प्रतिशत मत खसेको छ । बिहान ७ बजेबाट जारी मतदान कार्यक्रम शान्पिूर्ण रुपमा सञ्चालन भइरहेको चितवनका मुख्य निर्वाचन अधिकृत केदार नाथ पौडेलले जानकारी दिएका छन ।

अनुसार हाल चितवन–१ मा ४३ प्रतिशत, चितवन–२ मा ४५ र चितवन–३ मा ४५ प्रतिशत मतदान भइसकेको उनले जानकारी दिएका छन । चितवन–१ मा कुल मतदाता एक लाख ४९ हजार ६२१ जना छन्, जसमा महिला मतदाता ७५ हजार ८६० जना र पुरुष मतदाता ७३ हजार ७६१ जना रहेका छन ।

चितवन–२ मा कुल मतदाता एक लाख ३७ हजार १५२ छन्, जहाँ महिला ६९ हजार २९४ जना र पुरुष मतदाता ६७ हजार ८५७ जना छन् । चितवन–३ मा कुल एक लाख ५५ हजार ३०९ जना मतदातामध्ये महिला ७९ हजार ६१२ र पुरुष मतदाता ७५ हजार ६९६ छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us