काठमाण्डू, २१ फागुन– भक्तपुरको दूध पाटीस्थित भक्तपुर बहुमुखी क्याम्पस मतदान केन्द्रमा मतदान जारी छ ।
भक्तपुर क्षेत्र नम्बर अन्तर्गत पर्ने यो मतदान केन्द्रमा बिहीबार बिहान सात बजेदेखि सुरु मतदान अहिले पनि जारी छ ।
यो मतदान केन्द्रको सुरक्षाका लागि खटिएका नेपाली सेना तथा नेपाल प्रहरी लगायतले समेत समानुपातिकतर्फ मतदान गरीरहेका छन ।