काठमाण्डूमा मतदान गरेर सर्लाही पुगे गगन थापा

काठमाण्डु टुडे २०८२ फागुन २१ गते १५:०३ मा प्रकाशित

काठमाण्डू, २१ फागुन– कांग्रेसका सभापति गगन थापा काठमाण्डूमा मतदान गरेर सर्लाही पुगेका छन् । सभापति थापा सर्लाही–४ बाट प्रतिनिधिसभा उम्मेदवार रहेका छन ।

जहाँ थापा र रास्वपा उम्मेदवार अमरेशकुमार सिंहबीचमा कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ । यसैक्रममा सभापति थापा सर्लाही पुगेर मतदान केन्द्रहरूको निरीक्षणमा पनि निस्किसकेको सभापति थापाको सचिवालयले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us