चितवनमा निर्वाचन कर्मचारीले नै भोट के मा हाल्नुभयो भनेर सोधेपछि पक्राउ

काठमाण्डु टुडे २०८२ फागुन २१ गते १२:४१ मा प्रकाशित

काठमाण्डू, २१ फागुन– चितवन क्षेत्र नम्बर९३ मा निर्वाचनका लागि खटिएका कर्मचारीले भोट के मा हाल्नुभयो भन्दै मतदातालाई सोधेपछि पक्राउ नियन्त्रणमा लिइएको छ ।

जिल्ला प्रशासन कार्यालय चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालका अनुसार ती कर्मचारीलाई अहिले प्रहरीको नियन्त्रणमा राखिएको छ ।

उनी कार्यालय सहयोगी तहका कर्मचारी हुन् । उनले भोट दिइसकेका मतदातालाई केमा भोट दिनुभयो भन्दै सोधेको पाइएको अर्यालले बताए । यो चितवनको माडीको घटना हो ।

यो क्षेत्रमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बाट रेनु दाहाल, राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० बाट सोबिता गौतम लगायत चुनावी प्रतिस्पर्धामा रहेका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us