काठमाण्डू, २१ फागुन– आज (बिहिबार) बिहान ७ बजे देखी जारी प्रतिनिधि सभा सदस्यको निर्वाचनमा बिहान ११ बजेसम्म देशभरि १०.१८ प्रतिशत मत खसेको छ ।
बिहान ११ः०० बजेसम्म देशभरि १९ लाख २३ हजार ८२४ मत खसेको निर्वाचन आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिएका छन ।
यो कुल मतदाताको १०.१८ प्रतिशत हो । निर्वाचनमा एक करोड ८९ लाख तीन हजार ६८९ मतदाता छन् । जसमा ९६ लाख ६३ हजार ३५८ पुरुष मतदाता, ९२ लाख ४० हजार १३१ महिला मतदाता र २ सय जना अन्य मतदाता छन् ।