काठमाण्डू, २१ फागुन– गृह जिल्ला चितवनमा भोट हालेर नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड हेलिकप्टरमार्फत रुकुमपूर्व पुगेका छन ।
चितवन–३ मा पर्ने भरतपुर–१४ स्थित प्रहरी स्कुलमा प्रचण्डले आज (बिहिबार) बिहान मतदान गरेका हुन् । चितवनमा मतदान गरेपछि उनी हेलिकप्टरमार्फत रुकुमपूर्वको सिस्ने–५ कमलदह पुगेका हुन् । रुकुमपूर्वमा पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डसहित ११ जना चुनावी मैदानमा छन् ।