बालेन सवार हेलिकप्टर झापामा ल्यान्ड भएन, काठमाण्डूमै फर्किएर अवतरण

काठमाण्डु टुडे २०८२ फागुन २१ गते १०:४६ मा प्रकाशित

काठमाण्डू, २१ फागुन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता बालेन शाह चढेको हेलिकप्टर झापामा ल्यान्ड हुन नसकेपछि काठमाण्डूमा नै फर्किएको छ ।

हेली एभरेस्टको नाइन एन एओबी (काठमाण्डू–झापा) उडान मार्फत रास्वपाका वरिष्ठ नेता शाह लगायत ०५ सदस्यीय टोली ०९ः१२ बजे झापा प्रस्थान गरेको थियो ।

खराब मौसमको कारण हेलिकप्टर पुन: डाइभर्ट भएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा १०ः१० बजे ल्यान्ड भएको जनाइएको छ । बालनेले विहान काठमाण्डू भोट हालेर झापाका लागि प्रस्थान गरेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us