घरजग्गा कारोबारबाट गत माघमा ५ अर्ब राजस्व संकलन

काठमाण्डु टुडे २०८२ फागुन ४ गते ८:११ मा प्रकाशित

काठमाण्डू, ४ फागुन- गत माघ महिनामा देशभरका मालपोत कार्यालयहरुले ५ अर्ब ९ लाख २४ हजार राजस्व संकलन गरेका छन् ।

गत पुसमा ५ अर्ब १७ करोड ३२ लाख राजस्व संकलन गरेकामा माघमा भने केही घटेको हो ।

देशभरको मालपोतको राजस्व संकलनलगायतको विवरण राख्ने भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार घरजग्गाको कारोबार उल्लेख्य रुपमा बढ्न सकेको छैन ।

विभागका अनुसार गत माघ महिनामा कुल ५० हजार ८३७ लिखत पारित भएको छ । गत वर्षको तुलनामा यस वर्षको माघमा लिखत पारितको संख्यामा केही बढोत्तरी भएको छ ।

विभागका अनुसार गत माघमा सेवा करबापत ३१ करोड ५८ लाख ७२ हजार ४८८, रजिस्ट्रेशन दस्तुर दुई अर्ब ६८ करोड ६९ लाख ४२ हजार ५३२ संकलन भएको थियो ।

त्यसैगरी पुँजीगत लाभकरबापत एक अर्ब ९६ करोड ५५ लाख १२ हजार २६७ संकलन भएको विभागले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us