काठमाण्डू, ४ माघ– निर्वाचन आयोगले आजै राति १२ बजेदेखि निर्वाचन आचारसंहिता २०८२ लागू गर्ने तयारी गरेको छ ।
निर्वाचन आयोगका सहायक प्रवक्ता सीता पुनले भनिन्, ‘आज राति १२ बजेदेखि निर्वाचन आचारसंहिता लागू हुन्छ। ’ आगामी फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन हुँदैछ ।
त्यसका लागि माघ ६ गते मङ्गलवार उम्मेदवारी मनोनयनको समय तोकिएको छ । यसअघि निर्वाचन आयोगले निर्वाचन आचारसंहिता २०८२ तयार पारेर राजपत्रमा प्रकाशित गरिसकेको छ ।