काठमाण्डू, २१ कात्तिक– आज (शुक्रबार) सुनको भाउ प्रतितोला ६ सय रुपैयाँ बढेको छ । यो सँगै नेपाली बजारमा आज नेपाली सुनको मुल्य प्रतितोला मूल्य २ लाख ३८ हजार ४ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो दिन सुनको भाउ प्रतितोला २ लाख ३७ हजार ८ सय रुपैयाँ थियो ।
अघिल्लो दिन पनि सुन प्रतितोला ६ सय रुपैयाँ बढेको थियो । पछिल्ला दिन अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ केही बढ्दा नेपाली बजारमा प्रभाव परेको महासंघले जनाएको छ ।
यसअघि असोज ३१ गते सुनको भाउले २ लाख ५८ हजार रुपैयाँको रेकर्ड बनाएको छ । चाँदीको भाउ तोलामा १० रुपैयाँ बढेको छ ।
अघिल्लो दिन प्रतितोला ३ हजार १० रुपैयाँमा कारोबार भएको चाँदी आज ३ हजार २० रुपैयाँ पुगेको छ । यसअघि असोज ३१ गते चाँदीको भाउले ३ हजार ३५० रुपैयाँको रेकर्ड बनाएको छ ।