प्रतितोला १४ सय रुपैयाँले घट्यो सुन भाउ

काठमाण्डु टुडे २०८२ कार्तिक १८ गते १२:२३ मा प्रकाशित

काठमाण्डू, १८ कात्तिक– साताको कारोबारको तोस्रो दिन आज मंगलबार नेपाली बजारमा सुनको भाउ प्रतितोलामा १४ सय रुपैयाँ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ३८ हजार ३ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ३९ हजार ७ सय रुपैयाँ थियो ।

असोज मसान्तपछि सुनको भाउ क्रमिक रुपमा ओरालो लागेको छ । असोज ३१ गते २ लाख ५८ हजार रुपैयाँ पुगेको थियो । चाँदी प्रतितोलामा ४५ रुपैयाँ घटेको छ ।

अघिल्लो दिन ३ हजार ६० रुपैयाँमा कारोबार भएको चाँदी आज ३०१५ रुपैयाँमा झरेको महासंघले जनाएको छ । असोज ३१ गते चाँदी प्रतितोला ३३५० रुपैयाँसम्म पुगेको रेकर्ड छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us