मध्यरातमा बालेनले पोष्ट गरे अश्लील र अशिष्ट स्टाटस

काठमाण्डु टुडे २०८२ कार्तिक १६ गते ६:३७ मा प्रकाशित

काठमाण्डू, १६ कात्तिक-काठमाण्डू महानगरपालिकाका प्रमुख बालेन्द्र साह बालेनले सामाजिक सञ्जालम अत्यन्तै अशिष्ट र आपत्तिजनक पोष्ट गरेका छन् ।

शनिबार मध्यराति उनले  सामाजिक सञ्जालमा अमेरिका, भारत, चीन तथा काँग्रेस, एमाले, माओवादी केन्द्र, रास्वपा र राप्रपालाई  लक्षित गर्दै अश्लील शब्दमा लेखेका थिए ।

तर, उनले पोष्ट भएको केही मिनेटमै स्टाटस हटाए । यद्यपि  सामाजिक सञ्जाल प्रयोगकर्ताले उनको स्टाटसको स्क्रिनसट भाइरल बनाएका छन् ।

यस्तै विवादास्पद पोष्टका कारण उनी बेलाबेला चर्चामा आइरहन्छन् ।

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us