काठमाण्डू,१५ कात्तिक- माओवादी केन्द्रको महाधिवेशन आयोजक समिति संयोजक पुष्पकमल दाहाल प्रचण्डले एकीकृत समाजवादीसँग एक साताभित्र एकता टुंगिने बताएका छन् ।
शनिबार पेरिसडाँडामा बसेको सचिवालय बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै प्रचण्डले एकता प्रक्रिया चाँडै टुंगिने बताए ।
एकता प्रक्रिया कहिलेसम्म सकिन्छ भन्ने सञ्चारकर्मीको प्रश्नमा उनले भने,’हप्ता दिन कट्दैन ।’
एकीकृत समाजवादीसँग एकताको विषयमा छलफल गर्न शनिबार सचिवालय बैठक बोलाइएको थियो ।
समाजवादीको केन्द्रीय समिति बैठकले माओवादीसहित समाजवादी मोर्चामा आवद्ध दलसँग एकता गर्ने निर्णय गरेको थियोे ।