काठमाण्डू, १५ कात्तिक- धनगढीबाट काठमाण्डूका लागि उडेको श्री एयरलाइन्सको जहाज भैरहवामा आकस्मिक अवतरण भएको छ
धनगढी विमानस्थलबाट बिहान करिब ७ बजेतिर उडेको उक्त जहाज प्राविधिक समस्या देखिएपछि भैरहवा विमानस्थलमा आपतकालीन अवतरण गरिएको विमानस्थल स्रोतले जनाएको छ ।
एटीआर-७२ उक्त जहाजमा करिब पाँच दर्जन यात्रु सवार थिए ।
उडान क्रममा इन्जिनसँग सम्बन्धित प्राविधिक चेतावनी देखिएपछि पाइलटले सावधानीपूर्वक भैरहवामा अवतरण गरेको बताइएको छ ।
विमान सुरक्षित अवतरण भएको सबै यात्रु र चालकदलका सदस्य सकुशल रहेको विमान कम्पनीले जनाएको छ ।
श्री एयरलाइन्सका प्रवक्ताले घटनाबारे अनुसन्धान भइरहेको जनाउँदै यात्रुको सुरक्षितक्ष रहेको पुष्टि गरेका छन् ।
इन्जिनियरिङ टोलीले समस्या समाधान गरी विमान पुनः सञ्चालनमा ल्याउने तयारी गरिरहेको छ ।
यसअघि पनि श्री एयरलाइन्सका विमानमा प्राविधिक समस्या देखिँदै आएका छन ।