जेनजी आन्दोलनमा केन्द्रीय कारागारबाट भागेका कैदी पक्राउ

काठमाण्डु टुडे २०८२ कार्तिक १५ गते १२:३२ मा प्रकाशित

काठमाण्डू, १५ कात्तिक– जेनजी आन्दोलनका क्रममा २४ भदौमा सुन्धारास्थित केन्द्रीय कारागारबाट भागेका एक कैदी पक्राउ परेका छन् ।

२२ वर्षीय देवबहादुर बस्नेतलाई प्रहरीले भक्तपुर नगरपालिका–८ लिवालीबाट पक्राउ गरेको हो ।

रामेछापको मन्थली नगरपालिका–३ स्थायी घर भएका बस्नेतलाई अदालतले लागुधौष मुद्दामा दुई वर्ष कैद सजाय तोकेको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us