रुपन्देही–३ को उपनिर्वाचन जसरी पनि जित्नुपर्छः रेशम चौधरी

काठमाण्डु टुडे २०८२ साउन २४ गते १५:४९ मा प्रकाशित

काठमाण्डू, २४ साउन– नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले रुपन्देही–३ मा हुने उपनिर्वाचन संघीय लोकतान्त्रिक मोर्चाका लागि परीक्षा भएको र जसरी पनि जित्नु पर्ने बताएका छन ।

साथै, उनले उक्त निर्वाचन आफ्नो मोर्चाले जसरी पनि जित्नुपर्ने तर्क गरेका छन । संघीय मोर्चाले कैलालीमा आयोजना गरेको वर्तमान राजनीतिक अवस्थाबारे ‘जनजागरण अभियान’ कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा संरक्षक चौधरीले यस्तो बताएका हुन ।

थारु–मधेशी लगायत सबै उत्पीडितहरूको एकताको निम्ति मोर्चा गठन गर्नु परेको उनले बताए । उनले भने, ‘यसपालि रुपन्देहीमा हुने उपनिर्वाचन मोर्चाको परीक्षा हो, ‘यो निर्वाचन हामीले जसरी पनि जित्नुपर्ने छ ।’

साथै, उनले थारु भएकै कारण आफूहरूमाथि राज्यसत्ताबाट अन्याय र विभेद भएको गुनासो पनि गरे । कार्यक्रममा लोसपा अध्यक्ष महन्थ ठाकुरले पनि सम्बोधन गरेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us