बञ्चरो प्रहार गरी भाइले गरे दाजुको हत्या

काठमाण्डु टुडे २०८२ साउन २४ गते १४:३८ मा प्रकाशित

काठमाण्डू, २४ साउन– सप्तरीमा घरायसी विवादका क्रममा भाइले बञ्चरो प्रहार गरी आफ्नै दाईको हत्या गरेका छन । सप्तरीको राजविराज नगरपालिका–२ स्थित पडरियामा आज घरायसी विवादका क्रममा भाइले दाईको हत्या गरेका हुन ।

स्थानीय नरेन्द्र झाले घरायसी विवाद हुँदा दाई लोकेन्द्र झाको टाउकोमा बञ्चरो प्रहार गर्दा उहाँको मृत्यु भएको प्रहरी नायब उपरीक्षक जीतेन्द्रकुमार बस्नेतले जानकारी दिएका छन ।

चालीस वर्षीय लोकेन्द्रको विराटनगरस्थित नोबेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक बस्नेतले जानकारी दिएका छन । घटनाबारे अनुसन्धान थप भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us