काठमाण्डू, २४ साउन– आज (शनिबार) पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको कट आउटमा राखी बाँधेर उनका समर्थहरूले रक्षा बन्धन मनाएका छन् ।
शनिबार रविको कट आउट राखिएको घण्टी घरमा पुगेर उनका समर्थकहरूले राखी बाँधिदिएका हुन् । राखी बाँधिरहँदा नेपथ्यमा एक ब्राह्मणले मन्त्र समेत पढेका थिए ।
रविलाई आफ्नो दाइ–भाइ मानेर राखी बाँधेको र उनको शीघ्र रिहाइका लागि कामना गरेको उनीहरूले तर्क छ । राखी बाँधिरहँदा केही समर्थकहरू रोएका समेत थिए ।