इन्टरनेट प्राप्त गर्नु नागरिकको मौलिक अधिकार होः सञ्चारमन्त्री गुरुङ

काठमाण्डु टुडे २०८२ साउन २४ गते १२:१९ मा प्रकाशित

काठमाण्डू, २४ साउन– नेपाल सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सबै नागरिकले इन्टरनेट प्राप्त गर्नेकुरा मानव अधिकारको विषय भएको बताएका छन ।

आज (शनिबार) विश्व आदिवासी जनजाति दिवसको अवसरमा काठमाण्डूमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै सञ्चारमन्त्री गुरुङले यस्तो बताएका हुन ।

उनले इन्टरनेटको पहुँच सबैले प्राप्त गर्नसक्ने बनाउनुपर्ने पनि बताएका छन । सञ्चारमन्त्री गुरुङले इन्टरनेट पहुँचको विषय मानव अधिकार र मौलिक अधिकारको रुपमा संयुक्त राष्ट्रसङ्घले सन् २०१६ मा पास गरिसकेको पनि बताएका छन ।

उनले नेपाल सरकारले टेलिकमको पहुँचबाट नेपालको एउटा पनि घर छुट्नु हुँदैन भनेर काम गरिरहेको पनि बताएका छन । उनले अहिलेलाई नेपालभर नै फोरजीको पहुँच पुर्‍याउने र फाइभजी चालु आर्थिक वर्षमै काठमाण्डू र पोखरा सहरमा पुर्‍याउने गरी सरकारले काम गरिरहेको भन्दै उनले फाइभ जी टेक्नोलोजी प्रयोग नगरिए एआईको सही प्रयोग हुन नसक्ने पनि बताएका छन । मन्त्री गुरुङले सबै नेपालीले इन्टरनेटको प्रयोग गर्नसक्ने बनाउनु आजको सरकारको दायित्व भएको पनि बताएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us