काठमाण्डू, २ साउन– मेडिकल व्यवसायी दुर्गा प्रसाईंले साइबर अपराध कसुरमा सफाई पाएका छन् ।
जिल्ला अदालत काठमाण्डूका न्यायाधीश डा. राजेन्द्रकुमार आचार्यको एकल इजलासले साईबर अपराधसम्बन्धी दुई फरक मुद्दामा प्रसाईलाई शुक्रबार सफाई दिएको हो ।
प्रहरीले टीका संग्रौला र रोशन सुवेदीको फरकफरक जाहेरीका आधारमा प्रसाईंमाथि साइबर अपराध कसुरमा मुद्धा दायर गरेको थियो । प्रसाईंले सामाजिक सञ्जालमार्फत आफ्नो चरित्र हत्या गरेको आरोप जाहेरीकर्ताको थियो ।
गत १५ चैतमा राजावादीहरुको हिंसात्मक प्रदर्शनमा प्रहरीलाई नै गाडीले किचेर अघि बढेका प्रसार्र्ईं हाल पुर्पक्षका लागि थुनामा छन् ।