सरकारद्वारा सामाजिक सञ्जाल टेलिग्राम बन्द

काठमाण्डु टुडे २०८२ साउन २ गते २१:१८ मा प्रकाशित

काठमाण्डू, २ साउन–सरकारले सामाजिक सञ्जाल टेलिग्राम बन्द गरेको छ ।

नेपाल दूरसञ्चार प्राधिकरणले शुक्रबार सूचना जारी गर्दै टेलिग्राम एप बन्द गर्ने निर्णयबारे जानकारी गराएको हो । प्राधिकरणले उक्त एप बन्द गर्न सबै दूरसञ्चार सेवा प्रदायकलाई निर्देशन दिएको छ ।

टेलिग्राम प्लाटफर्ममार्फत अनलाइन ठगी बढेको तथा मनी लाउण्डरिङ समेत गर्ने गरिएकाले बन्द गर्नुपरेको सूचनामा छ ।

‘अनलाइन फ्रडको संख्या निरन्तर बढिरहेको र मनी लाउण्डरिङ जस्ता गम्भीर अपराधमा संलग्नता समेत रहेको बुझिन आएकाले टेलिग्राम एपको पहुँचमा तत्काल रोक लगाउने/बन्द गर्ने व्यवस्थाका लागि सम्बन्धित सबै दूरसञ्चार सेवा प्रदायकहरूलाई यसै सूचना मार्फत निर्देशन गरिएको छ,’ सूचनामा छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us