राप्रपाका उपाध्यक्ष गिरी पदमुक्त

काठमाण्डु टुडे २०८२ साउन २ गते १७:५९ मा प्रकाशित

काठमाण्डू, २ साउन– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पार्टीका उपाध्यक्ष मुकुन्दश्याम गिरीलाई जिम्मेवारी बाट हटाएको छ । पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले उनलाई उपाध्यक्ष र केन्द्रीय सदस्यको जिम्मेवारीबाट पदमुक्त गरेको प्रचार विभाग प्रमुख एवं प्रवक्ता मोहनकुमार श्रेष्ठले पुष्टि गरे ।

उपाध्यक्ष गिरीसहितका चार नेताले बिहीबार विज्ञप्ति जारी गर्दै अध्यक्ष लिङ्देनलाई आरोप लगाउँदै पार्टीमा अपूरणीय क्षति पुगेको आरोप लगाएका थिए । लगत्तै आज लिङ्देनले गिरीलाई पदमुक्त गरेका हुन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us