३८ वर्षका पुरुषद्वारा १३ वर्षीया बालिका बलात्कृत

काठमाण्डु टुडे २०८२ साउन २ गते १३:४३ मा प्रकाशित

विराटनगर, २ साउन– मोरङको सुन्दरहरौँचा नगरपालिका–७ नयाँबस्तीमा १३ वर्षीया बालिका बलात्कृत भएकी छन् ।

बलात्कार आरोपमा ३८ वर्षीय बालकृष्ण श्रेष्ठ पक्राउ परेका छन् ।

पीडित बालिकाका परिवारले दिएको जाहेरीका आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको मोरङ प्रहरीको भनाइ छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us