अडियो मेरो होइन, चरित्रहत्या गर्न खोजियोः भूमि मन्त्री अधिकारी

काठमाण्डु टुडे २०८२ साउन १ गते १६:०८ मा प्रकाशित

काठमाण्डू, १ साउन– भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले आफूबारे सार्वजनिक भएको अडियो आफू र मन्त्रालयसँग सम्बन्धित नभएको स्पष्ट पारेका छन ।

आज (बिहिबार) मन्त्रालयको एकवर्षे उपलब्धि सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री अधिकारीले यस्तो बताएका हुन । पोखराको जग्गासँग जोडिएर मन्त्री अधिकारी पनि विवादमा मुछिएका छन् ।

त्यसबारे स्पष्ट पार्दै उनले भनेका छन्, ‘अहिलेसम्म यो अडियोमा आएका बोल्ने भाषा, व्यक्त गर्ने व्यक्तिहरू हामीसँग सम्बन्धित छैनन् । मेरो शब्द छ कि छैन, मैले कुनै कुरा गरेको छ कि छैन भन्ने कुरा अडियोबाट स्पष्ट हुनुहुन्छ ।’

उनले यसलाई चरित्रहत्या गर्ने प्रयास भएको तर्क गरे । उनले भने, ‘यो शुद्ध चरित्रहत्या गर्ने प्रयास हो । कुनै आफ्नो योजना पूरा गर्न खोजेका व्यक्तिले आफ्नो अभीष्ट पूरा गर्न मालपोत अधिकृतलाई फिर्ता गराउन आएका थिए । मैले हुन्नँ भनें । त्यसपछि यी कुराहरू बाहिर आए ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us