स्पेन गएर नफर्किएका बारे सरकारले अनुसन्धान गरिरहेको छ: सरकार प्रवक्ता

काठमाण्डु टुडे २०८२ असार ३२ गते १५:२४ मा प्रकाशित

काठमाण्डू, ३२ असार– सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सुचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रधानमन्त्रीसँग स्पेन भ्रमण गएर नफर्किएकाहरू बारे सरकारले अनुसन्धान गरिरहेको जानकारी गराएका छन ।

आज (बुधबार) सिंहदरबारमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै मन्त्री गुरुङले यस्तो बताएका हुन । उनले स्पेन भ्रमणका क्रममा संयुक्त राष्ट्र संघको कार्यक्रममा सरकारी सूचीभन्दा बाहिर रहेर गएका तर नफर्किएकाहरूको बारेमा सरकारले अनुसन्धान गरिरहेको जानकारी गराए । उनले प्रधानमन्त्रीसँग गएको मान्छे छोडेर आएको कुरा बत्तिसै आना गलत भएको तर्क गरेका छन ।

उनले प्रधानमन्त्री ओलीसँग स्पेन भ्रमणमा गएका केही मानिस नफर्किएको भन्ने आरोप निराधार रहेको दोहोर्‍याए । सञ्चारमन्त्री गुरुङले भने, ‘स्पेन भ्रमणमा प्रधानमन्त्री जानुभएको बारेमा कुरा उठ्यो ।

संसद्‍मा प्रश्न गर्नुभएको माननीयले एक खालको आत्मलोचना गर्नुभएको छ, मैले त्यसो भनेको होइन भनेको होइन भन्नुभएको छ ।’ उनले थपे, ‘प्रधानमन्त्रीले लिएर गए र छोडेर आए भन्ने प्रश्न थियो ।

सम्माननीय प्रधानमन्त्रीको आचारविधि नै छ कति जना लैजाने, के लैजाने भन्ने । राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्री बाहिर जाँदा २१ जना भन्दा बढी नलैजाने भन्ने छ ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us