एमालेको सचिवालय बैठक बस्दै

काठमाण्डु टुडे २०८२ असार ३२ गते १३:२० मा प्रकाशित

काठमाण्डू, ३२ असार– सत्ता घटक दल एमाले सचिवालयको बैठक बोलाएको छ । सचिवालयको बैठक भोली (बिहिबार) दिउँसो १ः०० बजे मुख्यालय च्यासलमा बस्ने गरी बोलाइएको एमाले केन्द्रीय कार्यलय सचिव डा. भीष्म अधिकारीले जानकारी दिएका छन ।

साउन २ गते बस्ने पोलिटब्युरो र ५ गते बस्ने केन्द्रीय कमिटी बैठकको तयारी र एजेन्डा तय गर्न सचिवालय बैठक बोलाइएको सचिव अधिकारीले जानकारी दिए । एमालेले आगामी भदौ २०, २१ र २२ गते ललितपुरको गोदावरीमा दोस्रो विधान महाधिवेशन गर्ने निर्णय गरिसेको छ । महाधिवेशनमा राजनीतिक, साङ्गठनिक र विधान संशोधन प्रस्ताव पेस हुनेछन् ।

जसअन्तर्गत राजनीतिक प्रतिवेदन प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी ओली, साङ्गठनिक प्रतिवेदन महासचिव शंकर पोखरेल र विधान संशोधन प्रस्ताव उपाध्यक्ष विष्णु पौडेलले प्रस्तुत गर्ने तयारी छ । एमालेमा ७० वर्षे उमेर हद र २ वर्षे कार्यकालबारे विवाद चर्किँदै गएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us