धादिङमा लायन्स क्लबको स्वास्थ्य शिविर ४०० जना लाभान्वित

काठमाण्डु टुडे २०८२ असार ३२ गते १३:११ मा प्रकाशित

धादिङ ३१ असार– धादिङको गजुरी गाउँपालिका–६ स्थित भानुभक्त माध्यामिक विद्यालयमा लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ आई अन्तरगत रहेको लायन्स क्लब अफ काठमाण्डू सूर्यमुखीले बृहत स्वास्थ्य शिविर गरेको छ ।

शिविरमा ४ सय जनाले निस्शुल्क सेवा लिएका छन् । विपन्न तथा सीमान्तकृत समुदायका नागरिकहरुलाई विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध गराउने उद्धेश्यले आयोजना गरेको स्वास्थ्य शिविरमा ३ सय १८ जना महिला र ८२ जना पुरुषले सेवा लिएका हुन् ।

ती मध्ये ८७ जनाले भिडियो एक्स रे सेवा, ६३ जनाले स्त्री तथा प्रसुति सेवा, ५८ जनाले हाडजोर्नी तथा जेनरल सेवा,५१ जनाले जर्नरल सर्जरी, २३ जनाले बालरोग, ४० जनाले डेन्टल र ६ जनाले ईसिजी सेवा लिएको कार्यक्रम संयोजक डाक्टर दिनेश रेग्मीले जानकारी दिए ।

शिविरमा दम, सुगर, प्रेसर तथा मुटुरोग सेवा, हाडजोर्नी तथा नशा रोग सेवा, बालरोग सेवा, स्त्री तथा प्रसुति रोग सेवा, दन्त रोग सेवा, मानसिक रोग सेवा, भिडियो एक्स रे सेवा प्रदान गर्नुका साथै निशुल्क औषधि समेत वितरण गरिएको डाक्टर रेग्मीले जानकारी दिए ।

भविष्यमा पनि यस्तो सेवामुलक कामहरु नियमितरुपमा गर्दै जाने क्लबका अध्यक्ष बिक्रम बिकले बताए । लायन्स क्लबका डिष्ट्रीक्ट चिफ एडभाईजर बिष्णु भण्डारी, डिष्ट्रिक्ट चिफ काउन्सिलर महेश पाण्डे, डिष्ट्रिक्ट चिफ लायन अनुज कुमार श्रेष्ठ, जोन चियर पर्सन कृष्ण ढकाल शिशिर लगाएतको उपस्थिति रहेको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us