१५५ ग्राम एम्फेटामाइनसहित ४ जना पक्राउ

काठमाण्डु टुडे २०८२ असार ३२ गते १२:५१ मा प्रकाशित

काठमाण्डू, ३२ असार– नेपाल प्रहरीको लागुऔषध नियन्त्रण व्यूरोले एम्फेटामाइन सहित ४ जनालाई काठमाण्डूबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा नुवाकोट घर भएका ३८ वर्षीय कमल बहादुर तामाङ, ३२ वर्षीय दीपेन्द्र तामाङ, २७ वर्षीय उमेश भोलोन र बारा घर भएका २९ वर्षीय उग्रेन लामा रहेको प्रहरीले जनाएको छ ।

आरोपीहरूको साथबाट १५५ ग्राम एम्फेटामाइन बरामद गरिएको लागुऔषध नियन्त्रण व्यूरोका एसपी जनक बहादुर शाहीले जानकारी दिएका छन । जेठ ३० मा तीनजना ठमेलबाट पक्राउ परेका हुन् ।

उग्रेन लामालाई नारायणस्थान स्थित रिसोर्टबाट पक्राउ गरिएको शाहीले जानकारी दिए । आरोपीहरूले सो एम्फेटामाइन भारतको नयाँ दिल्लीबाट ल्याएको प्रहरीलाई बयान दिएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us