सर्‍यो सामान्य प्रशासनमन्त्रीको शपथ

काठमाण्डु टुडे २०८२ असार ३२ गते १२:४४ मा प्रकाशित

काठमाण्डू, ३२ असार– सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेको शपथ ग्रहणको समय पछि सरेको छ । उनको शपथ आज साँझ ६ बजे हुने तय भएको राष्ट्रपति कार्यालय स्रोतले जानकारी दिएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले मंगलबार आज दिउँसो ३ बजे हुने जानकारी दिएको थियो । त्यो समयमा तीन घण्टा पर सारिएको हो ।

न्यौपानेलाई मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले सामान्य प्रशासनमन्त्री नियुक्त गरेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us