मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर एक युवतीको मृत्यु

काठमाण्डु टुडे २०८२ असार ३१ गते १३:२६ मा प्रकाशित

काठमाण्डू, ३१ असार– खोटाङमा मोबाइल चार्ज गर्ने क्रममा एक जना युवतीको करेन्ट लागेर मृत्यु भएको छ । वराहपोखरी गाउँपालिका–४ फाक्टाङ बस्ने २५ वर्षीया इन्द्रा राईको करेन्ट लागेर सोमबार राति मृत्यु भएको प्रहरीले जनाएको छ ।

मोबाइल चार्जबाट छुटाउने क्रममा उनलाई करेन्ट लागेर उनको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान समेत गरिरहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us