विकास समयको माग हो, कसैले रोकेर रोकिँदैनः ऊर्जामन्त्री खड्का

काठमाण्डु टुडे २०८२ असार ३१ गते १३:०३ मा प्रकाशित

काठमाण्डू, ३१ असार– उर्जा जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्काले ऊर्जासम्बन्धी विधेयक ल्याउँदैमा नआत्तिन आग्रह गरेका छन । आज (मंगलबार) काठमाण्डूमा इप्पानको २३औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उर्जामन्त्री खड्काले यस्तो बताएका हुन ।

उनले ऐन ल्याउनै नहुने भन्नेकुरा गलत भएको भन्दै ल्याइएको ऐनमा संशोधन र परिमार्जनसहित अघि बढ्न सकिने पनि बताएका छन । मन्त्री खड्काले मुलुकको हित अनुकूल कानुन निर्माण हुने भन्दै आफ्नो मुलुकलाई हेरेर कानुन निर्माण हुने भएकाले तर्सिनुपर्ने, आत्तिनुपर्ने कारण नरहेको पनि बताए ।

उनले ऐन ल्याउनै नहुने भन्नेकुरा गलत भएको भन्दै ल्याइएको ऐनमा संशोधन र परिमार्जनसहित अघि बढ्न सकिने पनि बताए । उनले मुलुकको हित अनुकूल कानुन निर्माण हुने भन्दै आफ्नो मुलुकलाई हेरेर कानुन निर्माण हुने भएकाले तर्सिनुपर्ने, आत्तिनुपर्ने कारण नरहेको पनि बताएका छन । उनले स्पष्ट उद्देश्यका साथ ऊर्जा क्षेत्रको विकासमा लाग्नुपर्ने बताएका छन ।

उनले आरसीओडीको समस्या रहेको स्वीकार गर्दै त्यसका लागि कमिटी नै गठन गरेर आरसीओडी पनि प्रोजेक्टको अवस्था हेरेर थपिदिने भन्ने निष्कर्ष निकालेको बताए । भूमि प्राप्तिका समस्या छन् भने कानुन परिमार्जन गरेर अघि बढ्न सकिने उनले बताए । २८ हजार ५ सयको रोडम्यापलाई पछ्याउने हो भने पनि लाखौँ मान्छेले यहीँ रोजगारी प्राप्त गर्नसक्ने उनले बताए ।

विकास समयको माग भएकाले कसैले रोकेर नरोकिने उनले स्पष्ट पारे । उर्जामन्त्री खड्काले भने, ‘स्पष्ट उद्देश्यका साथ हामी ऊर्जा क्षेत्रको विकासमा लाग्नुपर्छ । आरसीओडीको समस्या छ । त्यसका लागि हामीले कमिटी नै गठन गरेर आरसीओडी पनि प्रोजेक्टको अवस्था हेरेर थपिदिने भन्ने निर्क्योल गरिहरेका छौँ । भूमि प्राप्तिका लागि के समस्या हो ?

त्यसको लागि कानुन परिमार्जन गरेर अघि बढ्छौँ । ऐनमाथि छलफल भइरहेको छ । ऐन ल्याउनै हुँदैन भन्ने कुरा त्यत्ति राम्रो कुरा होइन । समयानुकूल हाम्रा कानुनहरू परिमार्जित गर्दै जानुपर्छ ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us