भूमि आयोग अध्यक्ष नियुक्ति सम्बन्धी ‘घुस डिल’मा मुछिएका मन्त्री अधिकारी भन्छन्ः मेरो कुनै संलग्नता छैन

काठमाण्डु टुडे २०८२ असार ३० गते १६:४० मा प्रकाशित

काठमाण्डू, ३० असार– भूमि आयोग कास्कीको अध्यक्ष नियुक्ति सम्बन्धी घुस डिलमा मुछिएका भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले आफ्नो कुनै संलग्नता नरहेको बताएका छन ।

आज (सोमबार) बसेको प्रतिनिधि सभाको बैठकमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै मन्त्री अधिकारीले यस्तो बताएका हुन । उनले भूमि आयोगको जिल्ला अध्यक्ष नियुक्त गर्ने विषयमा अरू कसैले कुरा गरेको आधारमा आफूलाई मुछ्ने काम भएको पनि बताएका छन ।

उनले हल्लाको आधारमा नभई तथ्यको आधारमा सत्यको खोजी गर्न आग्रह समेत गरेका छन । भूमि आयोगका पदाधिकारी नियुक्तिमा घुसको डिल गरेको प्रमाण आए आफू कारबाही भोग्न तयार रहेको पनि बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us