व्यवस्थामाथि प्रश्न उठ्दा प्रधानमन्त्रीलाई चिन्ता लाग्छ भनेर पत्याउने आधार देखिएनः प्रचण्ड

काठमाण्डु टुडे २०८२ असार ३० गते १५:०७ मा प्रकाशित

काठमाण्डू, ३० असार– पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले व्यवस्थामाथि प्रश्न उठ्दा प्रधानमन्त्री केपी शर्मा ओलीलाई चिन्ता लाग्छ भनेर पत्याउने आधार नदेखिएको बताएका छन ।

आज (सोमबार) बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै माओवादी अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन । प्रमुख प्रतिपक्षी दलका नेता समेत रहेका अध्यक्ष प्रचण्डले भने, ‘हिजो लोकतन्त्रको आन्दोलनलाई बयलगाढा भनिरहँदा या पटक–पटकका संसद् विघटनका शृङ्खला हेर्दा प्रतिगमनकारीहरू सलबलाउँदा वा व्यवस्थामाथि प्रश्न उठ्दा सरकारको नेतृत्वलाई भित्रैबाट चिन्ता लाग्छ भनेर पत्याउन आधार यसबीचमा देखिएन ।’

ओली नेतृत्वको सरकारको एक वर्षको समयमा यस्तो महसुस भएको प्रचण्डले बताएका हुन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us