काठमाण्डू, ३० असार– काठमाण्डूको कीर्तिपुर नगरपालिका–६, चोभारमा पानी जमेको खाल्डोमा डुबेर एकजना बालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा दोलखा स्थायी घर भइ हाल काठमाण्डू महानगरपालिकाको कुलेश्वरमा बस्दै आएका ११ वर्षीय विवेश तामाङ रहेको जिल्ला प्रहरी परिसर काठमाण्डूले जनाएको छ ।
खाल्डोमा डुबेर घाइते भएका उनको कीर्तिपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, गम्भीर अवस्थामा उद्दार गरेर उनलाई अस्पताल लगिएको थियो । उपचारका क्रममा आइतबार मृत्यु भएको हो ।