राष्ट्रिय परिचय पत्रको सर्भर डाउन

काठमाण्डु टुडे २०८२ असार ३० गते १३:१९ मा प्रकाशित

काठमाण्डू, ३० असार– राष्ट्रिय परिचय पत्रको सर्भर डाउन हुँदा यतिबेला नारायणहिटी पुगेका सयौं सेवाग्राही विजोकमा परेका छन । प्रहरीले नारायणहिटी परिसरमा रहेको गेटमै नयाँ परिचय पत्र बनाउन जाने सेवाग्राहीलाई रोकेको छ ।

परिचय पत्र लिन लामो समयदेखि लाइनमा बसिपछि मात्रै आफूहरूले सर्भर नचलेको भन्ने जानकारी पाएको सेवाग्राहीहरूले बताएका छन । सर्भर डाउन समस्या समाधान कतिबेला हुन्छ भन्नेबारे यकिनका साथ भन्न नसकिने एक कर्मचारीले जानकारी दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us