सिन्धुलीमा रुखबाट लडेर एक जनाको मृत्यु

काठमाण्डु टुडे २०८२ असार ३० गते १२:२४ मा प्रकाशित

काठमाण्डू, ३० असार– सिन्धुलीमा रूखबाट लडेर एक जनाको मृत्यु भएको छ । सिन्धुलीको फिक्कल गाउँपालिका–३ चनौटे बस्ने ४१ वर्षीय इन्द्र आले मगरको रूखबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यलय सिन्धुलीले जानकारी दिएको छ ।

चनौटेको तीनअंके डाँडा सामुदायिक बनमा खस्रोको रुखमा चढी घाँस काट्ने क्रममा खसेर घाइते भएका आलेमगरको उपचारका लागि लैजाने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख ज्ञानकुमार महत्तोले जानकारी दिएका छन ।

स्थानीय चनौटे अस्पतालमा सामान्य उपचारपश्चात थप उपचारका लागि उनलाई चरिकोटमा रहेको पशुपती चौलागाईं स्मृति अस्पतालमा लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।

आइतबार साँझ करिब साढे ६ बजेदेखि सडकमा आएको लेदोले बीपी राजमार्गको रोशी गाउँपालिका–९ पिन्थली र मंगलटार बिरुवाडाँडा र ९ र ११ को सिमाना कालढुङ्गा क्षेत्र अवरुद्ध भएपछि उनलाई खुर्कोटबाट मन्थली–चरिकोटको बाटो हुँदै काठमाडौं लैजान लागिएको थियो । बीपी राजमार्ग सोमबार बिहानदेखि मात्रै सञ्चालनमा आएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us