रुखबाट लडेर घाइते भएका मगरको अस्पताल लाँदै गर्दा बाटैमा मृत्यु

काठमाण्डु टुडे २०८२ असार ३० गते १०:५५ मा प्रकाशित

सिन्धुली, ३० असार– सिन्धुलीमा रुखबाट लडेर घाइती भएका एक पुरुषको उपचारका लागि अस्पताल लैजाने क्रममा बाटैमा मृत्यु भएको छ ।

फिक्कल गाउँपालिका–३ चनौटेका ४१ वर्षीय इन्द्र आले मगर स्थानीय तीनअंके डाँडा सामुदायिक वनमा घाँस काट्ने क्रममा रुखबाट खसेर घाइते भएका थियो ।

गम्भीर घाइते उनलाई उपचारका लागि अस्पताल लाँदै गर्दै बाटैमा मृत्यु भएको सिन्धुली प्रहरी प्रमुख एसपी नकुमार महत्तोले जानकारी दिए ।

चरिकोटस्थित पशुपति चौलागाईं स्मृति अस्पतालमा लगिएकोमा उनलाई चिकित्सकले तत्काल मृत घोषणा गरेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us