भिनाजुले गोली हानेर सालीको हत्या गरे

काठमाण्डु टुडे २०८२ असार ३० गते १०:४७ मा प्रकाशित

सुनसरी, ३० असार– सुनसरीमा भिनाजुले सालीको गोली हानी हत्या गरेका छन् ।

हरिनगर गाउँपालिका–६ महरम चोकका गफार मियाँकी छोरी १८ वर्षीया अरसी खातुनको सोमबार बिहान साढे २ बजेतिर गोली हानी हत्या  भएको हो । अरसीलाई उनका भिनाजु भारत पत्रहा पञ्चायत–१६ घुर्नाका अजाद मियाँ जटले गोली प्रहार गरेको प्रहरीले जनाएको छ ।

सुनसरी प्रहरी प्रवक्ता डिएसपी योगराज खतिवडाले गोली प्रहार लगत्तै मियाँ फरार हरेको बताए । घटनाबारे जानकारी प्राप्त भएलगत्तै सुनसरी प्रहरीको टोली घटनास्थल पुगेको थियो ।

डिएसी खतिवडाले गोली हानी फरार भएका मियाँको खोजीका लागि प्रहरी परिचालन गरिसकिएको बताए । अरसीको शव शव पोस्टमर्टमका लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us