काठमाण्डू महानगरको नीतिः ‘एक वडा, एक उत्पादन’ नीतिलाई निरन्तरता

काठमाण्डु टुडे २०८२ असार २९ गते १६:२३ मा प्रकाशित

काठमाण्डू, २९ असार– काठमाण्डू महानगरपालिकाले आर्थिक वर्ष ०८२–८३ का लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रममा ‘एक वडा, एक उत्पादन’ नीतिलाई थप परिस्कृत गर्दै निरन्तरता दिने घोषणा गरेको छ ।

आज शुक्रबार नगर सभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै मेयर बालेन्द्र शाह (बालेन) ले समावेशी उद्यमशीलता प्रवर्द्धन गर्ने उद्देश्यसहित इन्कुबेसन सेन्टर, बिउ पूँजी अनुदान कार्यक्रम र सहकारी सुधार योजनालाई पनि अगाडि बढाइने बताएका हुन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us