काठमाण्डू, २९ असार– काठमाण्डू महानगरपलिकाको १७ औं नगर सभाको बैठक सुरु भएको छ । आगामी आर्थिक वर्ष ०८२–८३ को बजेट आज ल्याउनेगरी महानगरको नगर सभा सुरु भएको हो ।
दिउँसो दुई बजेका लागि बोलाइएको बैठक केहीबेर ढिलोगरी सुरु भएको हो । गत शुक्रबार बसेको ४० औं कार्यपालिका बैठकमा मेयर शाहले आज बजेट ल्याउन प्रस्ताव गरेका थिए ।
राजश्व परामर्श समितिको बैठकले आर्थिक वर्ष २०८२र८३ का लागि २५ अर्ब ११ करोड रुपैयाँ बराबरको बजेट सीमा निर्धारण गरेको छ । आज सोही बराबरको बजेट प्रस्तुत हुनेछ ।
संवैधानिक व्यवस्था अनुसार स्थानीय तहले असार १० गतेभित्र बजेट ल्याइसक्नु पर्ने भए पनि काठमाण्डू महानगरभित्रको आन्तरिक द्वन्द्वले ढिला भएको हो ।