रास्वपाको प्रश्नः सामान्य प्रशासनमन्त्रीले सार्वजनिक अडियोमा भनेका ‘बा’ को हुन् ?

काठमाण्डु टुडे २०८२ असार २९ गते १५:०९ मा प्रकाशित

काठमाण्डू, २९ असार– प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले मन्त्रिपरिषद्का कतिपय सदस्यको विषयमा प्रश्न उठेको भनेर सरकारको ध्यानाकर्षण गराएको छ ।

आज (आइतबार) बसेको प्रतिनिधिसभाको बैठकमा सभामुखसँग समय लिएर पार्टीका बोल्दै सांसद सुमना श्रेष्ठले मन्त्रिपरिषद्का कतिपय सदस्यको विषयमा प्रश्न उठेको बताएकी हुन ।

उनले भनिन, ‘मन्त्रिमण्डलको अर्को काण्ड – कास्कीको कार्यालयमा को पठाउनेमा सेटिङ – घुस, जिल्लाको भूमि आयोगको अधक्ष्यहरु मा सेटिङ – किन भूमि विधेयक फास्ट ट्र्याक गर्न खोजिएको बुझियो ।’ एक मन्त्रीले अर्को मन्त्रीको नाम लिएको भनेर पनि उनले स्मरण गरिन् । उनले भनिन्, ‘आफू अनुकूल मान्छे, आफू अनुकूल कानुन ।

एउटा मन्त्रीले अर्को मन्त्रीलाई पोलेको छ – यसको छानबिनको हामी माग गर्छौं, ‘सम्बन्धित ठाउँ’ भनेको कसको ठाउँ हो, कुन ठाउँ हो रु अडियोमा ‘बा’ भनेको को हुन् ?’ संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताको एउटा अडियो सार्वजनिक भएको छ । तर, उक्त अडियोलाई लिएर संसद्‍मा प्रश्न उठेको छ ।

सांसद श्रेष्ठले प्रश्नमाथि प्रश्न गरेकी छन्, ‘दुई तिहाइको सुशासन भनेको के यही हो ? आफ्नोलाई चैन, अरूलाई ऐन नै ऐन ? पहिला पनि यस्तै अडियो काण्ड घटेको थियो – यो बिर्सेका छैनन् जनताले, र फेरि पनि त्यहि दुई तिहाइ भनेको मिलिजुली भाग खानकालागि हो ? कसको तागतको भरमा, कसको संस्कारमा ? के फरक भयो त यी वर्षहरूमा रु जनताले के पाए ?

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us