सुनसरीमा मृत भेटिए एक दम्पती

काठमाण्डु टुडे २०८२ असार २९ गते १३:४९ मा प्रकाशित

काठमाण्डू, २९ असार– सुनसरीमा एक दम्पती मृत अवस्थामा भेटिएका छन् । सुनसरीको इनरुवा नगरपालिका–९ स्थित बबियामा आइतबार बिहान ३५ वर्षीया सुकदेव शर्मा र उनकी पत्नी २३ वर्षीया सवेता खातुन घरभित्रै मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यलय सुनसरीले जनाएको छ ।

फुसको घरमा सारीको पासो लागेको अवस्थामा शर्मा र उनकी पत्नी सवेता ओछ्यानमा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी योगराज खतिवडाले जानकारी दिएका छन ।

शर्माको शव अर्धनग्न अवस्थामा भेटिएको पनि उनले जानकारी दिए । आइतबार बिहान ९ बजेतिर स्थानीले घरभित्र दम्पतीलाई मृत अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

शर्माले पत्नीको हत्या गरेर आफूले आत्महत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ । सवेताको शरीरमा चोटपटक देखिएको छैन । डीएसपी खतिवडाले भने, ‘हामीले घटनाबारे विभिन्न कोणबाट अनुसन्धान अघि बढाएका छौँ ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us